फिल्ममा अभिनय गर्न निर्माताले सुत्ने प्रस्ताव राखेको डोनल बिस्टको खुलासा 

दिल तो बच्चा है जी, रूप मर्दका नयाँ स्वरुप र लाल इश्क जस्ता टिभी श्रृंखलामा काम गरेर चर्चामा आएकी अभिनेत्री डोनल बिस्टले पाँच वर्षअघि फिल्ममा काम गराउने नाममा आफूमाथि भएको यौन दूव्र्यवहारको पोल खोलेकी छिन्।

डोनलले दक्षिण भारतीय फिल्म खेल्ने क्रममा निर्माताले रोल दिने बहानामा आफूसँग सुत्नुपर्ने प्रस्ताव राखेको खुलासा गरिन्।

हालै भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘म संघर्षरत रहँदा दक्षिणका एक फिल्ममेकरले एउटा रोलका लागिग आफूसँग सुत्न प्रस्ताव गरेका थिए।’ 

उनले यसविरूद्ध आफूले प्रहरीमा उजुरी दर्ता गरेको बताइन्। उनले मुम्बईको मिरर पत्रिकालाई दिएको अन्तर्वार्तामा अभिनयलाई अगाडि बढाउन आफूले थुप्रै संघर्ष गर्नुपरेको पनि बताइन्। 

उनले सुरुका दिन आफूले दिनमा ६ वटासम्म अडिसन दिएको बताइन्। ‘यो अवस्था ६ महिनासम्म रह्यो’, उनले भनिन्। बालाजी टेलिफिल्म्सको सो कलशबाट उनले ब्रेक पाएकी थिइन।

प्रकाशित मिति: : 2020-12-23 14:50:00

प्रतिकृया दिनुहोस्