बिएल संवाददाता
पानामाले अमेरिकामाथि जित हासिल गरेको छ। कोपा अमेरिका अन्तर्गत समूह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।
पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक-एक गोल गरेका थिए। त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए।
पानामाले १-० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो। यस खेलमा दुवै देशका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए। खेलको १८औँ मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए। भने खेलको ८८औँ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए।
पानामाको यो जितपछि समूह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ। र, तेस्रो स्थानमा रहेको छ। त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ।
अब पानामाले आफ्नो समूह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ। भने, अमेरिकाले सोही दिन उरुग्वेको सामना गर्नेछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया