बिएल संवाददाता
पानामाले अमेरिकामाथि जित हासिल गरेको छ। कोपा अमेरिका अन्तर्गत समूह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।
पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक-एक गोल गरेका थिए। त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए।
पानामाले १-० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो। यस खेलमा दुवै देशका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए। खेलको १८औँ मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए। भने खेलको ८८औँ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए।
पानामाको यो जितपछि समूह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ। र, तेस्रो स्थानमा रहेको छ। त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ।
अब पानामाले आफ्नो समूह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ। भने, अमेरिकाले सोही दिन उरुग्वेको सामना गर्नेछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया