‘आई एम द स्टेट’ भन्ने प्रवृत्तिले पार्टी फुटको संघारमा पुग्यो, संसद पुनर्स्थापित गरेर सरकार बनाउँछाैं: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने घाषणा गरेका छन्।

बुधबार सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्। 

संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले ‘आई एम द स्टेट’ भन्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिका कारण पार्टी चोइटिने अवस्था आएको आरोप लगाए।

‘‘आई एम द स्टेट’ भन्ने उहाँको प्रवृत्तिले पार्टी फुटको अवस्थामा पुग्यो,’ प्रचण्डले भने,‘१० वर्ष संघर्ष गरेर प्राप्त उपलब्धिको उहाँले अपहरण गर्नुभयो।’

उनले संसद नमरेको भन्दै कानूनी लडाईं, सडक संघर्ष र लोकतान्त्रिक दलहरूसँग संवादको माध्यमबाट नयाँ परिस्थिति बनाउने र अघि बढ्ने समेत बताए।

‘हामी जीवितै छौं भन्ने आत्मविश्वासका साथ अघि बढ्नुस्। हामीलाई मर्‍यो भने पनि हामी बाँचिरहेका छौं। को मर्‍यो जनताले थाहा पाइसक्नुभएको छ,’ प्रचण्डले भने।

सो समूहको बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो। 

बैठकमा राष्ट्रिय सभाका २४ र विघटित प्रतिनिधि सभाका ९३ गरी १ सय १७ जना सांसदको उपस्थिति रहेको दाबी प्रचण्ड–नेपाल पक्षले गरेको छ।

नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन्। 

प्रकाशित मिति: : 2020-12-23 15:35:00

प्रतिकृया दिनुहोस्