बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्त्रीले दिए राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

नेकपा (प्रचण्ड)का ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। 

प्रस्तावकका रुपमा प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल छन्।

त्यसअघि सरकारमा रहेका तीन मन्त्रीले राजीनामा दिएका थिए। 

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन्।

प्रकाशित मिति: : 2020-12-25 12:25:00

प्रतिकृया दिनुहोस्