थेरोनलाई १० बच्चाको आमा बन्ने इच्छा

विश्वको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमध्ये एक चार्लिज थेरोनले आफूलाई कमसेकम १० बच्चाको आमा बन्न मन लागेको बताएकी छिन्।

 बच्चा भनेको भगवानकाे रुप भएको र घरमा जति धेरै भगवान भयो त्यति नै राम्रो हुने उनको विचार छ।

सन् २०१६ मा, टाइम पत्रिकाले उनलाई विश्वको एक सय  प्रभावशाली व्यक्तिमध्ये एकको रूपमा नाम दिएको थियो।

७ अगस्ट १९७५ को दिन बेनोनी, दक्षिण अफ्रीकामा जन्मेकी थेरोन ले अभिनय गरेका केही सफल सिनेमा मध्ये म्याड म्याक्स फ्युरी, बम्ब सेल, लँग सट, टल्ली, द बर्निङ्ग प्लेन आदि छन्।

ओस्कार, बाफ़्टा जस्ता पुरस्कार प्राप्त अभिनेत्री थेरोन पशु अधिकारको अभियन्ताको रुपमा पनि परिचित छिन्।

प्रकाशित मिति: : 2020-12-26 21:11:00

प्रतिकृया दिनुहोस्