(शिलापत्र सिरिज–५) : चलचित्र विकास बोर्डदेखि सेन्सर बोर्डसम्मै पार्टी कार्यकर्ता

शिलापत्र

काठमाडौँ

दिप्सन लुइटेल

धर्मेन्द्र मोरबैता १७ माघ, २०६९ मा चलचित्र विकास बोर्डमा अध्यक्षको रूपमा नियुक्त भए । धर्मेन्द्र चलचित्र क्षेत्रमा परिचित नाम थिएन । न उनी सक्रिय चलचित्रकर्मी नै थिए । राजनीतिक पहुँचका कारण नै धर्मेन्द्र चलचित्र विकास बोर्डको अध्यक्ष बन्न पुगेका थिए ।

त्यो समय एनेकपा (माओवादी) बाट डा.बाबुराम भट्टराई प्रधानमन्त्री र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बाट राजकिशोर यादव सञ्चारमन्त्री थिए । सञ्चारमन्त्री यादवकै सिफारिसमा सरकारले धर्मेन्द्रलाई विकास बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । 

सोही समय अभिनेत्री रेखा थापा विकास बोर्ड अध्यक्ष हुने चर्चा पनि खुबै चलेको थियो । प्रधानमन्त्री डा.भट्टराई रेखालाई विकास बोर्ड अध्यक्ष बनाउन चाहन्थे । तर, पार्टीको भ्रातृ संगठन जनसांस्कृतिक महासंघबाट नै विरोध भएपछि रेखा विकास बोर्ड अध्यक्ष बन्न रोकिइन् । रेखाले भ्रातृ संगठनमा आवद्ध भएर कुनै पनि सक्रियता नदेखाएको भन्दै महासंघका पदाधिकारीले रेखालाई विकास बोर्डमा लैजान नहुने बताएका थिए । 

प्रकाशित मिति: : 2020-12-27 13:32:00

प्रतिकृया दिनुहोस्