प्रहरी हत्याका मुख्य योजनाकार राना पक्राउ

धनगढीमा अढाई महिनाअघि दुई प्रहरीको हत्या भएको घटनामा मुख्य योजनाकार पक्रमउ परेका छन्। 

धनगढीनजिकैको सीमाक्षेत्रमा पर्ने अस्थायी प्रहरीचौकी जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदलाई गस्तीमा रहेका बेला तस्करहरूको समूहले हत्या गरेको थियो ।

उक्त घटनाका मुख्य याेजनाकार भनिएका धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय अमर रानालाई प्रहरीले पक्राउ गरेको छ । 

रानालाई प्रहरीले कैलालीको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरी सार्वजनिक गरिएको हाे। 

हत्याको आरोपमा एक जना व्यापारीसहित यसअघि ९ जना पक्राउ परिसकेका छन् । तस्करहरूको समूहले नेपालबाट मोहना नदी हुँदै भारततर्फ केराउ तस्करी गर्दै गर्दा गस्तीमा रहेका सुरक्षाकर्मीले रोक्न खोज्दा दुवै जनाको हत्या भएको थियो । घटनाको दुई दिनपछि मोहना नदीभित्र गाडिएको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति: : 2020-12-28 13:49:00

प्रतिकृया दिनुहोस्