कोहलीलाई दशकको उत्कृष्ट क्रिकेटरको अवार्ड

बिएल संवाददाता

काठमाडाै‌ं

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई दशकको उत्कृष्ट क्रिकेटरको अवार्ड प्रदान गरेको छ। ‍

साेमबार आइसीसीले कोहलीलाई पछिल्लो दशकमा गरेको प्रदर्शनको आधारमा याे अवार्ड प्रदान गरेको हो।

सन् २०११ देखि २०२० सम्ममा कोहलीले २० हजार ३९६ अन्तर्राष्ट्रिय रन प्रहार गरेका छन्। कोलहीकाे नाममा ६६ शतक छ। यस्तैयो अवधिमा उनकाे सर्वाधिक ९४ अर्धशतक छ। 

सन् २०११ मा एकदिवसीय विश्वकपको ट्रफी उचालेका कोहलीले सन् २०१३ को च्याम्पियन्स ट्रफी पनि जितेका थिए। कोहलीले दशकको उत्कृष्ट एकदिवसीय खेलाडीको पनि अवार्ड जितेका छन्।

दशकको टेस्ट क्रिकेटरको अवार्ड अस्ट्रेलियाका स्टिभ स्मिथले हात पारेका छन्। आफगानिस्तानका रासिद खानले दशकको टी-२० खेलाडीको अवार्ड पाए।

दशकको स्पिरिट अफ क्रिकेटकाे अवार्ड महेन्द्रसिंह धोनीले पाए। यता दशकको उत्कृष्ट महिला क्रिकेटर  एलिस पेरीले पाइन्। उनी अस्ट्रेलियाका हुन्।    

दशकको उत्कृष्ट महिला एकदिवसीय क्रिकेटरकाे अवार्ड अस्ट्रेलियाकी एलिस पेरीले पाइन्। दशकको उत्कृष्ट महिला टी-२० क्रिकेटरकाे अवार्ड पनि उनले पाए। 

प्रकाशित मिति: : 2020-12-28 16:11:00

प्रतिकृया दिनुहोस्