ब्रेकअप स्टोरी 

‍‍‍‍‍‍‍‍‍....जब दिव्यांका त्रिपाठीको ८ वर्षको प्रेम सम्बन्ध टुट्यो

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

भारतीय टिभीकी चर्चित अभिनेत्री हुन्, दिव्यांका त्रिपाठी। आफ्नो दमदार अभिनय र मासूम अनुहारको कारण उनले करोडौं दर्शकलाई आफ्नो फ्यान बनाएकी छिन्। उनको हँसिलो मुहारमा घायल छन् कयौं अभिनेताहरू। तर सधैं आफ्नो मुस्कानले दर्शकलाई रुझाइरहने उनी कुनैबेला दुखी भएकी थिइन् जिन्दगी नै सक्काउने मोडमा पुगेकी थिइन्। 

दिव्यांकाले आफ्नो करिअरको सुरुआत ‘बानो मैं तेरी दुल्हन’ बाट गरेकी थिइन्। त्यही उनको भेट भएको थियो, अभिनेता शरद मल्होत्रासँग। उनले त्यही सिरियलमा काम गरेर अभिनेतासँग नजिक बढेकी थिइन्। उनीहरूले करिब आठ वर्षसम्म एकअर्कोलाई डेट गरेका थिए। उनीहरूको जोडीलाई दर्शकहरूले पनि खुबै रुचाएका थिए। दर्शकहरू उनीहरूको विवाह भएको हेर्न चाहन्थे तर सन् २०१५ मा उनीहरू एकअर्कोसँग टाढिए। 

मिडिया रिर्पोटका अनुसार शरदले नै दिव्यांकालाई धोका दिएका थिए। शरदसँग सम्बन्ध टुटेपछि उनी पूर्ण रुपमा टुटेकी थिइन्। शरदसँग ब्रेकअपको पीडा भोगेपछि दिव्यांकाले सिरियल ‘ये है मोहब्बतें’ मा काम गरेकी थिइन्। दिव्यांकाले विवेक दहियालाई त्यही शोको सेटमा भेटेकी थिइन्। यस शोको क्रममा विवेक र दिव्यांका घनिष्ठ मित्र बने। विवेकको मित्रताले नै दिव्यांकालाई शरदको सम्झनाबाट बाहिर ल्यायो।

खासमा, उनीहरूलाई सिरियलका एक अभिनेताले दिव्यांका र विवेकलाई एक अर्कासँग परिचय गराएका थिए। त्यही भेटबाट एकअर्कोसँग नजिकिएका उनीहरू विस्तारै प्रेममा परे।  

जब दिव्यांका र विवेक सम्बन्धमा आए, उनीहरूले आफ्नो प्रेमलाई संसारको आँखाबाट टाढा राख्न सक्दो प्रयास गरे। दुवैले आफ्नो सम्बन्धको बारेमा कुरा गर्नबाट जोगिए, तिनीहरू सधैं चुप रहे।

आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै दिव्यांकाले एक पटक भनेकी थिइन् ‘हामी डेटिङ वा सम्बन्धमा हाम्रो समय बर्बाद होस् भन्ने चाहँदैनौं। हामी तुरुन्तै विवाह गर्न चाहन्थ्यौं। हामी दुवैलाई पार्टीमा जान मन पर्दैन, न त हामी पिउँछौं न त धुम्रपान नै गर्छौं। यस कारणले गर्दा कहीँ न कहीँ हामीबीच ठूलो बन्धन गाँसिएको थियो र यो कहिले भयो हामीलाई थाह थिएन।’

विवेकले सधैं दिव्यांकाको ध्यान राख्थे, त्यसैले दिव्यांकालाई पनि विवेकसँग निकै सहज महसुस भयो। विवेक र दिव्यांकाले कुनै पनि समय बर्बाद नगरी विवाह गर्ने निर्णय गरे। 

यो जोडीले ८ जुलाई २०१६ मा परिवारको सहमतिमा विवाह बन्धनमा बाँधिए। अहिले उनीहरू आफ्नो वैवाहिक जिवनमा खुसी छन्। 

प्रकाशित मिति: : 2023-11-18 19:00:00

प्रतिकृया दिनुहोस्