एआर रहमानलाई मातृशोक

ओस्कार विजेता चर्चित संगीतकार एआर रहमानलाई मातृशोक परेको छ। उनको आमा करिमा बेगमको सोमबार निधन भएको रहमानले सोसल मिडियाबाट पुष्टी गरेका छन्। उनले आमाको फोटो पनि सार्वजनिक गरेका छन्। 

करिमाको वास्तविक नाम कस्तुरी हो। उनले पछि नाम परिवर्तन गरेकी थिइन, जब रहमानले इस्लाम धर्म स्विकार गरेका थिए। एआर रहमानको पनि वास्तविक नाम दिलिप कुमार हो। 

उनको आमा विगत एक वर्षदेखि स्वास्थ्य लाभ गरिरहेकी थिइन। चेन्नईमा आमाको निधन भएको हो। करिमाले राजगोपाला कुलशेखरनसँग विवाह गरेकी थिइन।, जो संगीतकार थिए। रहमान ९ वर्षको हुँदा बुवाको निधन भएको थियो। उनी आमासँग निकै नजिक थिए।

प्रकाशित मिति: : 2020-12-29 12:29:00

प्रतिकृया दिनुहोस्