सिरहामा ‘हुनेले नहुनेलाई न्यानो कपडा दिऔं’ अभियान (फोटो फिचर)

सिरहामा ‘हुनेले नहुनेलाई न्यानो कपडा दिऔं’ अभियान सुरू गरिएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलको नेतृत्वमा सुरू गरिएको यो अभियानअन्तर्गत कारागारका बन्दी, बहिरा विद्यार्थी, वृद्धवृद्धालाई सोमबार ब्ल्याङ्केटलगायत न्यानो लुगा बितरण गरियो।

‘काठमाडौं दरवारमार्गको हिमालयन अनलाइन सर्भिसले उपलब्ध गराएको ८० थान ब्ल्याङ्केट बितरण गर्यौँ’, प्रमुख जिल्ला अधिकारी कणेँलले बिएल नेपाली सेवासँग भने,‘हुनेले नहुनेलाई न्यानो कपडा दिऔं अभियान सिरहामा सार्थक बन्दै छ।’

सिरहामा सञ्चालित यो अभियानलाई ८१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हिमालयन अनलाइनले रौतहटमा पनि २० थान उपलब्ध गराएको प्रजिअ कणेँलले जानकारी दिए।

सिरहा र रौतहटमा ब्ल्याङ्केट उपलब्ध गराउने हिमालयन अनलाईनकी संस्थापक अनुपा भण्डारी र कार्यकारी निर्देशक हरिहर भण्डारीलाई कदरपत्रले सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2020-12-29 14:18:00

प्रतिकृया दिनुहोस्