उखु किसानको पैसा नदिने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

उखु किसानको रकम भुक्तानी नगर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।

बिहीबार बिहान अपराध महाशाखाका टोलीले उनलाई पर्सा प्रहरीसँग समन्वय गरी वीरगञ्जबाट पक्राउ गरेको हो।

नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ। सरकारी स्वामित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए, उनको मृत्यु भइसकेको छ।

उनको मृत्युपश्चात चिनी मिल सुशिला गोयलको नाममा छ। तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोज भागमा चिनी मिल परेको थियो।

यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए। 

प्रकाशित मिति: : 2020-12-31 12:49:00

प्रतिकृया दिनुहोस्