तेलसहित कालो बजारी गर्ने दुई जना वीरगञ्जबाट पक्राउ

पर्सा प्रहरीले तेलसहित त्यसको कालो बजारी गर्ने दुई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ आदर्शनगरको प्रगती टोलमा बस्ने दीपक वर्णवाल र त्यही ठाउँ बस्ने रोशन वर्णवाल रहेका छन्।

पक्राउ परेका रोशन त्रिदेव रिप्याकिङ् फर्मका सञ्चालक रहेका छन् भने उनी आफ्नो दाजु राजन वर्णवालको नाममा रहेको फर्मा बिभिन्न  ब्राण्डको सोयोबिनका तेल ल्याएर अन्य कम्पनीको स्टीकर टासेर बेच्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

पक्राउ परेका रोशनको रिप्याकिङ फर्मबाट महालक्ष्मी सोयबिन लेखेको ३ हजार ४ सय ६५ लिटर तेल, दिव्य रिफाइन्ड सोयाबिन लेखिएको ९ सय ९० लिटर तेल, तिल उपकार पूजा आयल लेखेको ३४८ लिटर तेल, १५० थान तिल उपकार पूजा आयल लेखेको स्टिकर, दीप शक्ति तिलको तेल लेखेको स्टिकर लेबल ४० वटा तथा धाराजस्तो समेत फिट भएको २ थान ड्रम र दीप ज्योति तिल उपकार लेखेको खाली बोतलको २ थान पोका र खाली बोतल २ थान बरामद गरेको प्रहरी उपरीक्षक पन्तले बताएकी छन्।

यसैगरी ३८ वर्षीय दीपक वर्णवालले आफ्नै घरमा आफ्नो भाई संदीप वर्णवालको नाउबाट सञ्चालन गरेको शिव शक्ति रिप्याकिङग फर्ममा विभिन्न ब्राण्डको सोयोबिनका तेल ल्याएर ड्रममा खन्याई प्लाष्टिकको बोटलमा रिप्याकिङग गरी उक्त बोटलमा अनमोल तिलको तेल र स्टिकरसमेत टाँस गरेर सर्बसाधारणलाई बिक्री गर्ने गरेको बिशेष सुराकीको आधारमा उनलाई तेलसहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पन्तले बताइन्।

दीपकको फर्मबाट प्रहरीले १ लिटरको प्लाष्टिकको वोटलमा तेल प्याक गरी राखेको तेलको वोटल थान-११९, आधा लिटरको प्लाष्टिको वोटलमा प्याक गरी राखेको तेलको वोटल थान-३१, १ लिटरको वोटलमा तेल प्याक गरी अनमोल तिलको तेलको स्टिकर समेत  टासिएको कुटको कार्टुनमा प्याक रहेका कार्टुन थान-१८, महालक्ष्मी रिफाईण्ड सोयाविन तेल लेखिएको १५ लिटरको दरले तेल भरीएको जर्किन थान-६, आधा तेल रहेको जर्किन थान-२, प्लाष्टिकको बोराम महालक्ष्मी रिफाईण्ड सोयाविन तेलको खाली प्याकेटहरू, अनमोल तिलको लेखिएको स्टिकरहरू भएको बोरामद गरेको छ ।

यसैगरी  धारा जस्तो समेत जडान भएको ट्याङकी थान-२,  छाप लगाउने मेसिन थान-१, वोटलको विर्कोहरू भएको बोरा थान-१,  प्लाष्टिकको बोटलहरूमा तेल प्याक गरी स्टिकर समेत टाँसिएको १५ वटाको दरले वोटलहरू भएको कार्टुन थान-४९  प्लाष्टिकको वोटलहरू तेल प्याक गरी स्टिकर समेत टाँसिएको १५ वटाको दरले वोटलहरू भएको कार्टुन थान-१९, महालक्ष्मी रिपाईण्ड सोयाविन तेल लेखिएको कुटको कार्टुनमा तेलको पोकाहरू राखेको कार्टुन थान-५५,  ५००मि.लि. भएको वोटलमा प्याक गरी राखेको कार्टुन थान-६, ४०० मि.लि. भएको वोटलमा प्याक गरी राखेको कार्टुन थान-१३ र ५ वटा वोराहरूमा अनमोल तेलको स्टिकरहरू लगायतको समानहरू बरामद गरेको छ । 

तेल र सामानसहित पक्राउ परेका दीपक र रोशनविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: : 2020-12-31 14:33:00

प्रतिकृया दिनुहोस्