९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

 ९ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् । 

ललितपुर महालक्ष्मी नगरपालिका ३ ईमाडोल बोजेपोखरी बस्दै आएका झापाका ४२ वर्षीय हर्कबहादुर बिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका बिकमाथि आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले जनाएका छन् ।

प्रकाशित मिति: : 2020-12-31 19:47:00

प्रतिकृया दिनुहोस्