भूतको कथा नसुनि निन्द्रा नै नलाग्ने !

नायिका अमान्डा सेफर्डले आफूलाई बच्चैदेखि भूतको कथा मन पर्ने बताएकी छिन्। 

‘स्कूबी डू’ कार्टुन चरित्रकी प्रसंसक नायिका सेफर्डले हालै ओके म्यागजिनसँग कुरा गर्दै आफूलाई भूतको कथा सुन्ने वा सिनेमा हेर्ने नगरी निन्द्रा नै नलाग्ने बताइन्।

उनी भन्छिन्,‘म अहिले पनि भूतको सिनेमा हेरेर मनोरन्जन गर्छु।’ 

३ डिसेम्बर १९८५ को दिन एलन टाउन, पेन्सेलभानीया मा जन्मेकी नायिका सेफर्डले अभिनय गरेको केही सिनेमाहरुमा मिन गर्ल्स, इन टाइम, डियर जन, लेटर्स टु जुलिएट, द बिग बेडिङ्ग, इपिक, युनिटी आदि छन्।
 

प्रकाशित मिति: : 2021-01-01 12:40:00

प्रतिकृया दिनुहोस्