हिन्दु राष्ट्र र राजसंस्था सडकबाटै पुनर्स्थापित गर्छाैं: राप्रपा अध्यक्ष थापा

बिएल संवाददाता

काठमाडाै‌ं

राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था सडकबाटै पुनर्स्थापित गर्न माग गरेका छन्। 

शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले भने, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा होइन। अब आम नेपालीको एजेण्डा बनिसकेको छ। आवश्यक पर्‍यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं। अब टाउकोमा कफन बाँधेर आएका छौं।’

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाले बताए। 

थापाले भने, ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ।’
 

प्रकाशित मिति: : 2021-01-01 16:25:00

प्रतिकृया दिनुहोस्