महोत्तरीबाट हतियारसहित दुई भारतीय नागरिक पक्राउ

Breaknlinks
Breaknlinks

सशस्त्र प्रहरीले महोत्तरीबाट हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

शुक्रबार राती मनरासिस्वा नगरपालिका १० स्थित मरुवाहीमा मादक पदार्थ सेवन गरी स्थानीयसँग झगडा गरेर दशगजातिर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको सितामढीका १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दास रहेका छन्।

सशस्त्रको बोर्डर आउट पोस्ट मरुवाहीबाट खटेको घुम्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुको साथबाट २ राउन्ड (७.६५ सेमी) लोडेड अटोमेटिक पेस्तोल १ नाल र स्प्रिङ चक्कु १ थान बरामद गरिएको सशस्त्र प्रहरी–९ नम्बर गण जलसागर महोत्तरीका एसपी सुरेश सापकोटाले जानकारी दिए।

पक्राउ परेका दुई व्यक्तिमाथि थप अनुसन्धान गर्न माग गर्दै हतियारसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको एसपी सापकोटाले जनाए।

प्रकाशित मिति: : 2021-01-02 13:54:00

प्रतिकृया दिनुहोस्