केटाकेटी हुँदा ज्यादै गरीबी झेलेकाे थिएँ: र्‍यापर इमिनेम

मार्सल ब्रुस म्याथर्स अर्थात् र्‍यापर इमिनेमले आफू केटाकेटी हुँदा ज्यादै गरिब रहेको बताएका छन्।

एप्पल म्युजिक सँग कुरा गर्दै उनले आफूसँग गीतको नयाँ क्यासेट किन्ने पैसाको अभवसमेत झेलेको बताए।

उनले भने,‘नयाँ किन्ने पैसा नभएर हामी पुरानो क्यासेट किन्ने गर्थें। सबै गीत हरुको क्यासेट किन्ने पैसा नहुँदा हामी साथीहरु मिलेर किन्ने गरिन्थ्यो।’

उनी सिल्म् सेडीको नामले पनि चर्चित अमेरिकी व्यापारी, गीतकार तथा अभिनेता पनि हुन्। 

१७ अक्टोबर १९७२ को दिन सेन्ट जोसेफ, मिसौरीमा जन्मेका इमिनेमका केही चर्चित गीतहरुमा लुज योरसेल्फ, रेप गड, नट अफ़्रेड, बेनम, माइ नेम इज, लक्की यु, डार्कनेस आदि छन्। 

हाल इमिनेम को कुल सम्पति ३० अर्ब डलर बराबरको छ।

प्रकाशित मिति: : 2021-01-03 20:04:00

प्रतिकृया दिनुहोस्