कस्तो होला महामारीमा जन्मेका बच्चाको भविष्य ?

शिलापत्र

काठमाडौँ

सागर चन्द

१ जनवरी २०२० मा विश्वभर ४ लाख बच्चा जन्मिए । संसारको ध्यान बच्चा र स्वास्थ्यतर्फ आर्कषित गर्न यूनाइटेड नेसन्स चिल्ड्रेन्स फण्ड (युनिसेफ) ले हरेक वर्षको पहिलो दिन जन्मेका बच्चाहरूको तथ्याङ्क सार्वजनिक गर्छ ।

१ जनवरीमा जन्मेका बच्चाहरूको तथ्याङ्क सार्वजनिक गर्दै युनिसेफकी कार्यकारी निर्देशक निर्देशक हेनरिएटा फोरले मिडियासँग भनिन् ‘नयाँ वर्ष र नयाँ दशकको सुरुवातले भविष्यका लागि हाम्रा अपेक्षा, आकाङ्क्षा मात्र नभई भविष्यलाई प्रतिबिम्बित गर्ने मौका पनि दिन्छ ।’

कुनै घटनापछि विकसित हुने समझदारीको समयमा यो सामान्य लाग्ने सन्देश पनि भविष्यमा हुनसक्ने सम्भावित घटनाको पूर्वतयारीको चेतावनीका रूपमा लिन सकिन्छ ।

विगत नियाल्ने हो भने ३१ डिसेम्बर २०१९ को ठीक एक दिनअगाडि चीनको वुहान प्रान्तमा कोरोना संक्रमणको पहिलो केस पत्ता लाग्यो । यतिञ्जेलसम्म यो भाइरसको औपचारिक नाम थिएन । अधिकांश मानिसले यसलाई नोवेल कोरोना भाइरस वा २०१९–एनओसीबी नाम दिएका थिए ।

यतिखेरसम्म राज्य संरिक्षत चिनियाँ शासनको घेरा तोडेर छिटपुट मामिला मात्र बाहिर आएका थिए । ११ फेब्रुअरी २०२० मा विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरसबाट हुने संक्रमणलाई औपचारिक नाम प्रदान गर्‍याे ।

प्रकाशित मिति: : 2021-01-04 12:11:00

प्रतिकृया दिनुहोस्