बिएल संवाददाता
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको छ।
बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी गएराति महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। चौधरीलाई चिरायुले रिफर गरेपछि ग्रान्डीमा लगिएकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएकाे छ।
यसैगरी साेही प्रकरणमा पक्राउ परेका छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि ग्राण्डीमा रिफर गरिएको छ। उनी चौधरीसँगै चिरायुमा भर्ना भएका थिए। थापालाई पनि अस्पतालले ग्राण्डीमा रिफर गरेको हाे।
बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा (सिआईबी) को टोलीले बिहीबार चौधरीलाई लैनचौर र थापालाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया