बिएल संवाददाता
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको छ।
बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी गएराति महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। चौधरीलाई चिरायुले रिफर गरेपछि ग्रान्डीमा लगिएकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएकाे छ।
यसैगरी साेही प्रकरणमा पक्राउ परेका छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि ग्राण्डीमा रिफर गरिएको छ। उनी चौधरीसँगै चिरायुमा भर्ना भएका थिए। थापालाई पनि अस्पतालले ग्राण्डीमा रिफर गरेको हाे।
बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा (सिआईबी) को टोलीले बिहीबार चौधरीलाई लैनचौर र थापालाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया