वीरगञ्जबाट लागुऔषध गाँजासहित ७ जना पक्राउ

वीरगञ्जबाट प्रहरीले लागुऔषध गाँजासहित ७ जनालाई पक्राउ गरेको जनाएको छ। 

पर्सा प्रहरीले उनीहरुलाई पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा एक क्विन्टल पाँच किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो।

बिशेष सुराकी अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीको टोलीले लालपर्सा गाउँमा रोकी राखिएको ना ४ ख ६५ २५ नम्बरको ट्रककबाट गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा निवासी विजय तामाङ, लक्ष्मण सिटौला, प्रभात तामाङ, रामलाल गोले, धादिङ बस्ने निरज लामा, चितवन बस्ने सानुलाल तामाङ र पर्साका सखुवाप्रसौनी निवासी सहिद मियाँ रहेका छन् ।

माल समान राख्ने ठाउँमा चेक गर्दा कालो त्रिपालले छोपी राखेको अवस्थामा गाँजाको चिप्पड बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता कृष्णकुमार महतले जानकारी दिए । 

उनका अनुसार ती सबै गाँजा विभिन्न रंगका प्लास्टिकले बेरेर ट्रकभित्र राखिएको थियो ।पक्राउ परेका सातै जनाविरुद्ध थप अनुसन्धान थालिएको पर्सा प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: : 2021-01-04 13:45:00

प्रतिकृया दिनुहोस्