बिएल संवाददाता
राष्ट्रियसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन खर्चबापत साढे तीन लाखसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन ऐन तथा निर्वाचन नियमावलीअनुसार उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेकाे निर्वाचन आयोगले जनाएकाे छ।
‘राष्ट्रियसभाका उम्मेदवारले निर्वाचन ऐन २०७५को दफा ६५ तथा राष्ट्रियसभा निर्वाचन नियमावली २०७६को नियम २४ (१)सँग सम्बन्धित अनुसूची- १ले रु.३५००००सम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ’, विज्ञप्तिमा भनिएको छ।
उम्मेदवारले उक्त खर्चमा मतदाता नामावली खरिद, सवारी साधन, सवारी साधनको इन्धन, प्रचारप्रसार सामाग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनलगायत गर्न सक्नेछन्।
त्यसैगरी आयोगले उम्मेदवारहरुलाई खर्च गर्दा बैंक तथा वित्तिय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकि निजको नामेसीसहितको विवरण निर्वाचन अधिकृतिको कार्यालय वा निर्वाचन कार्यलयमा पेस गर्न समेत निर्देशन दिएको छ।
राष्ट्रियसभाका १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
प्रतिक्रिया