दिलिप कुमार र राज कपुरको पाकिस्तानमा भएको घरलाई संग्रहालय बनाइने

भारतका दुई चर्चित कलाकार दिलिप कुमार र राज कपुरको पाकिस्तानस्थित पुरानो घरलाई संग्रहालय बनाउने तयारी सुरु भएको छ। आर्थिक अभावमा यो काम सम्भव भएको थिएन। 

तर, खैबर पख्तुनख्वाहका मुख्यमन्त्रीले यस कामका लागि २ करोड ३५ लाख रुपैयाँ छुट्टयाएका छन्। 

पेशावरका उप निर्देशक मोहम्मद अली असगरले दिलिप कुमारको खुदादादमा बनेको ४ तले पुरानो घर र राज कपुरको अंदर शहर बाजारमा निर्माण भएको ६ तल्ले घरको बिक्रिका लागि मुल्य पनि तय भइसकेको बताएका थिए। 

इमरान खान सरकारले दिलिप कुमारको घरका लागि ८० दशमलव ५६ लाख रुपैयाँ छुट्टियाइएको बताएका थिए। यस्तै राजकपुरको घरको मूल्य १ दशमलव ५ करोड तय भएको थियो। अब दुबै घर संग्रहालयमा परिणत हुनेछन्। 

एक्सप्रेस ट्रिब्युनका अनुसार घरको मूल्य राम्रो नहुँदा घर मालिकले यी घर बेच्न अस्विकार गरेका थिए। राज कपुरको घरलाई भत्काएर पहिले सपिङ मल बनाउने तयारी थियो। 

सन् १९४७ मा भारत–पाकिस्तान विभाजन हुनुअघि यो घरमा विवाहको पार्टी दिन घुइँचो लाग्थ्यो। २०१४ मा तत्कालिन प्रधानमन्त्री नवाज शरीफले यो घरलाई राष्ट्रिय धरोहर घोषित गरेका थिए। 

यो घर पृथ्वीराज कपुरका बुवा ता ऋषि कपुरका हजुरबुवाका पनि बुवा दिवान बशेश्वरनाथ कपुरले १९१८–१९२२ सम्म बनाएका थिए। यो घरमा ४० कोठा छन्। 

दिलिप कुमारको घर पनि कपुर परिवारको घर नजिकै पर्छ। यो घर पनि सय वर्ष पुरानो हो।

प्रकाशित मिति: : 2021-01-04 16:53:00

प्रतिकृया दिनुहोस्