गुजरातमा एक किसानद्धारा आत्महत्या, कारण भाजपा पार्टी भएको आरोप

भारतको गुजरात राज्यको महिसागर जिल्लास्थित बान्दरवेड गाउँमा बलवन्त सिंह चरण नाम गरेका एक किसानले आत्महत्या गरेका छन्। 

पञ्चायत कार्यालयमा फाँसीलगाएर झुन्डिनुअघि उनले लुणावाडाका भारतीय जनता पार्टी (भाजपा) का सांसद र विधायकको नाममा एउटा चिट्ठी छोडेका थिए।

उनले भाजपालाई आफूले परिवार मानेको तर उसले केही काम नगरेको आरोप लगाएका थिए। 

सुसाइड नोटमा बलवन्तले आफ्नो आर्थिक अवस्था निकै खराब भएको बताएका थिए।

उनले आफूले कुनै सरकारी सहायता नपाएको सुसाइड नोटमा उल्लेख गरेका छन्।

भारतमा बिगत डेढ महिनादेखि किसानहरू आन्दोलनमा छन्। उनीहरूको माग अहिलेसम्म सम्बोधन भएको छैन।

प्रकाशित मिति: : 2021-01-04 22:05:00

प्रतिकृया दिनुहोस्