सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
बिएल संवाददाता
थाइल्यान्डका नेपालीहरूले स्वर्गीय राजा भूमिबोल अदूल्यादेजको विशेष सम्झना गरेका छन्। साेमबार एकाबिहानै सामाजिक काममा जुटेर उनीहरूले लोकप्रिय राजालाई स्मरण गरेका हुन्।
स्वर्गबास भएका थाई राजा भूमिबोलको जन्मदिनको अवसरमा थाई नेपाली संघ फुकेट शाखाका पदाधिकारी र स्वायमसेवकले ‘पतोङ समुन्द्री तट’ छेउमा वृक्षारोपण र सरसफाइ गरेका छन्।
थाई राजालाई थाई नेपाली, बर्मेली नेपाली र नेपालका नेपालीहरू भगवानझैँ ठान्छन्।
स्वर्गीय राजाको विशेष समारोहमा थाई नेपालीहरू खास सम्झना गर्छन्।
राजा जन्मिएको दिनको सम्झना गर्दै समुन्द्री तटमा वृक्षारोपण र सरसफाइ गरेको थाई नेपाली संघ फुकेट शाखाका अध्यक्ष जगतनाथ निरौलाले बताएका छन्।
८८ वर्षको उमेरमा संसार त्यागेका भूमिबोललाई थाई नागरिकहरू सबैभन्दा शक्तिशाली राजा मान्छन्। थाई मात्रै होइन, नेपालीहरू पनि उनी जन्मिएको दिनलाई ‘नेशनल फादर डे’का रुपमा मनाउँछन्।
आजको दिनलाई थाई नेपालीहरू आफ्नो सौभाग्य र कर्तव्य ठान्छन्।
उनीहरू धुमधामसँग राजाको जन्मजयनती मनाउँछन्। भूमिबोल थाइल्यान्डमा लामो समय राजसिंहा सम्हालेका जनप्रिय राजा हुन्।








सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया