अस्ट्रेलियाविरुद्धको तेस्रो टेष्टका लागि भारतीय टोली घोषणा

बिएल संवाददाता

काठमाडाै‌ं

अस्ट्रेलियाविरुद्धको तेस्रो टेष्टका लागि भारतीय टोली घोषणा भएको छ। 

यसअघि टिममा नियमित खेल्दै आएका फास्ट बलर उमेश यादप घाइते भई टिमबाट बाहिरिएका छन्। उनी हटेपछि नवदिप सैनीले टेष्ट डेब्यु गर्दैछन्।

यस्तै रोहित शर्मा पनि टिममा परेका छन् । उनले ओपनर मायांक अग्रवालको स्थानमा ओपनिङ गर्नेछन् । 

भारतको प्लेइङ सेटमा रहेका अन्य खेलाडीमा शुभमन गिल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, जसप्रित बुमराह र मोहम्मद सिराज छन् ।

भारत र अस्ट्रेलिया बीचको तेसो टेष्ट बुधबार सिड्नीमा सुरु हुँदैछ । चार खेलको सिरिजमा दुवै टिमले १/१ खेल जितेका छन् ।

प्रकाशित मिति: : 2021-01-06 14:34:00

प्रतिकृया दिनुहोस्