‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का १९ बर्षीय सन्दिप भण्डारीको रहस्यमय मृत्यु प्रकरणका दोषीलाई प्रहरी प्रशासनले उन्मुक्ति दिन खोजेको भन्दै पीडित परिवार आन्दोलिन बनेका छन्।
पीडित परिवारले नेकपा (ओली समूह) का केन्द्रीय सदस्य युवराज वास्कोटालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै इलाका प्रहरी कार्यालय पथरीमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले दोषीलाई पक्राउ गरी कानुनी कार्वाहीमा नल्याएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने जनाएका छन्।
सन्दिपका बुवा गोपाल भण्डारीले नेता बास्कोटाको घरमा छोराको रहस्यमय मृत्यु भएकाले उनीमाथी छानविन गर्न माग गरेका छन्।
नेकपाको केन्द्रीय सदस्य भएकै कारण प्रहरीले बास्कोटालाई पक्राउ गरी अनुसन्धान नगरेको उनको आरोप छ। उनले सत्यतथ्य बाहिर ल्याउन पनि बास्कोटालाई पक्राउ गर्नु पर्ने बताए।
केही समयदेखि छोरालाई विभिन्न प्रलोभनमा पारी नेता बास्कोटाले प्रयोग गर्दै आएको र उनकै घरमा मृत अवस्थामा फेला पर्नुले पनि घटना नियोजित देखिएको भण्डारीको भनाई छ।
बास्कोटाको योजनामा छोरालाई अन्य स्थानमा हत्या गरी कोठामा सुताएको र आफुहरु पुग्नुअघि नै मुचुल्का तयार पार्नुले पनि घटना षड्यन्त्रपूर्ण रहेको आशंका गरेको उनले बताए।
घटनाको सत्यतथ्य बाहिर ल्याउन भन्दा पनि प्रहरीले बास्कोटाको बचाउ गरी पीडित परिवारलाई न्यायको साटो थप पीडा दिएको उनले बताए।
बास्कोटाविरुद्ध किटानी जाहेरी दिँदासमेत छानविन नगरेपछि आन्दोलनमा उत्रन बाध्य भएको पीडित परिवारले जनाएको छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया