विदेशबाट फर्किएर अलमलिएकी प्रविका यसरी बनिन् आत्मनिर्भर

नेपाल लाइभ

काठमाडौँ

निर्मला घिमिरे

उनले कल्पना गरेको परदेश निकै झिलीमिली थियो। त्यस्ताे सहरमा सजिलै टन्न कमाइ गर्ने सोच थियो । ‘तर परदेश सोचे झैँ रहेनछ,’ खोटाङ साबिक बाहुनी डाँडाकी प्रविका राईलाई आफैँले भोगेपछि मात्रै थाहा भयो परदेश के हो भनेर। 

‘नेपालमा ट्वाईलेट पनि नदेखेको मान्छे। त्यहाँ गएर ट्वाईलेट सफा गर्नेदेखि सबै काम गर्नुपर्‍याे। त्यतिखेर मलाई साह्रै नराम्रो लाग्यो। विरक्त लागेर आयो,’ राईले सुनाइन्। 

घरेलु कामदारका रुपमा कुवेत पुगेकी उनले नेपालमा कहिल्यै नगरेको काम गर्नुप¥याे। काममा लामो समय खट्नुपर्‍याे। त्यसमाथि पनि कहिल्यै नसोचेको र नभोगेको जिन्दगी भोग्नुपर्‍याे। 

कच्चा उमेरमा भोग्नु परेको परदेशको पीडा र यथार्थले नै उनलाई पोल्यो। ५,६ महिना त आमाबुबा, घर परिवार र आफन्तको अभावमा छटपटिमै बिते । 

त्यो सबै दुःखलाई चटक्कै माया मारेर आफ्नै देश फर्कने रहन उनलाई कहाँ नभएको हो र ? तर परदेशको ठाउँ। त्यहाँ जाँदा लागेको ऋण सम्झिएर उनले पीडालाई सहिदिइन् । दुःख-सुख ३ वर्ष कुवेतमा कटाइन्। 

कमाइ खासै राम्रो थिएन । अलिअलि बचाएको रकम पनि साथीभाइले सापटी मागे। तर  फिर्ता आएन।

प्रकाशित मिति: : 2021-01-07 16:20:00

प्रतिकृया दिनुहोस्