सान्याल र गुप्ता छिटै ‘साल्ट’मा देखिने

अभिनेता चन्दन राय सान्याल र अभिनेत्री रितुपर्णा सेन गुप्ता छिटै ‘साल्ट’ नामको रोमान्टिक सिनेमामा देखिने छन्। 

सनी रेद्वारा निर्देशित र रणजोय भट्टाचार्जीद्वारा सङ्गीतवद्द यो सिनेमाको डायरेक्टर अफ फोटोग्राफी अयन शील हुन्। 

सिनेमाको कथा शङ्कर नामको एक अन्तर्मुखी स्वभावको आर्किटेक्ट इन्जिनियरको वरिपरि घुम्नेछ। 

कथाअनुसार शङ्करको आफ्नो बोस मायासँग प्रेम हुन् जान्छ। पहिलो भेट मै बोलेको एउटा झुटको कारण माया पनि शङ्करसँग प्रभावित हुन् जान्छिन्। 

त्यसपछि के हुन्छ त्यो नै सिनेमाको कथा हो। सिनेमाको पुरा सुटिङ्ग कलकत्ता र दार्जलिङ्गमा भएको हो। 

हलिउड सिनेमा ‘ब्ल्यु भेलेण्टाइन’ मा आधारित यो सिनेमाको ट्याग लाइन ‘वान लाई–टू’ लाइब्स–लिटल टाइम–एक्सेस सल्ट–चेन्जड लाइब्स फरएभर’ रहेको छ। 

यो सिनेमा ओ टी टी प्लेटफर्म मा रिलिज हुनेछ।

प्रकाशित मिति: : 2021-01-07 17:53:00

प्रतिकृया दिनुहोस्