इलाम- २:

सुहाङ नेम्वाङलाई १००१ मतकाे अग्रता

फाइल तस्विर
फाइल तस्विर

इलाम- २ काे उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ काँग्रेसका डम्बर खड्काभन्दा एक हजार मतले अगाडि पुगेका छन्।

पछिल्लाे मत परिणामअनुसार सुहाङले ३ हजार ७ सय ८३ मत प्राप्त गर्दा काँग्रेसका खड्काले २ हजार ७ सय ८२ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारबीच १००१ मतकाे अन्तर रहेकाे छ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2024-04-28 20:45:00

प्रतिकृया दिनुहोस्