यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ मंसिरदेखि सुरू हुने शहीद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। लिग पहिलो पटक फ्लड लाइटमा हुने एन्फाले जनाएको छ। यस्तै एन्फाले टिकट दरसमेत घोषणा गरेको छ।
एन्फाले लिगको साधारण तर्फको १०० र भीआईपी तर्फको ५०० रुपैयाँ टिकट दर निर्धारण गरेको महासचिव इन्द्रमान तुलाधरले जनाए।
एन्फाले पहिलो पटक लिगमा दर्शकलाई मध्यनजर गर्दै रिफ्रेसमेन्ट सुविधाको घोषणा गरेको छ। अब एन्फाले खेल हेर्दा कफी, चिया, बर्गरलगायतका सुविधाहरू रहेको लिग निर्देशक सन्जिव मिश्रले जानकारी दिए।
एन्फाले लिगको केही खेल पोखरामा समेत गर्ने र प्रत्येक शुक्रबार र शनिबारका खेल फ्लड लाइटमा हुनेसमेत बताएको छ।
लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब गरी १४ टोलीको सहभागिता रहनेछ।
प्रतियोगितामा लिग तालिकाको पुछारमा रहने दुई टोली रेलिगेशमा पर्नेछन्। लिगको उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्डस् फुटबल क्लबबीच हुने तालिका रहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया