राहुल रोय डेढ महिनापछि अस्पतालबाट डिस्चार्ज

नब्बेको दशकका चर्चित अभिनेता राहुल रोय अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी डेढ महिनादेखि अस्पतालमा भर्ना भएका थिए। ‘आशिकी’ फिल्मबाट वाहवाही कमाएका रोय ब्रेन स्ट्रोकका कारण अस्पताल भर्ना भएका थिए। 

अस्पतालबाट डिस्चार्ज भएर परिवारसँग भेटघाट भएको फोटो बिहीबार सोसल मिडियामा आफैले पोस्ट गरे। उनले लेखेका छन्, ‘लामो समयपछि अस्पतालबाट छुट्टि भएको छ। अहिले घरमा छुँ।’

रोयको मिरा रोडस्थित वार्कहार्ट अस्पतालमा उपचार भएको थियो। ५२ वर्षीय रोयको गत नोभेम्बरमा श्रीनगरको कारगिलमा माइनस १२ डिग्रीमा सुटिङ गर्ने क्रममा ब्रेन स्ट्रोक भएको थियो। गलवान उपत्यकामा भएको घटनामा आधारित फिल्मको सुटिङमा ब्रेन स्ट्रोक भएपछि उनलाई एयरलिफ्ट गरेर मुम्बई पुर्‍याईको थियो। 
 
रोयले १९९० मा रिलिज भएको ‘आशिकी’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। यसपछि जुनुन, फिर तेरी कहानी याद आई, नसिब, एलान, क्याबरे जस्ता फिल्ममा समावेश भएका थिए। उनलाई पूर्ण रूपमा ढिक हुन ६–७ महिना लाग्ने उनका ज्वाइँ रोमिर सेनले बताएका छन्।

प्रकाशित मिति: : 2021-01-08 07:00:00

प्रतिकृया दिनुहोस्