कृष्ण विश्वकर्मा
आज किनमेलको चाँजोपाँजोमा छु,
अर्थोकै-अर्थोक धेरै थोकहरु किन्नु छ।
यतिखेर आदिम समयसँगै
कैफियत सोचका खुद्रा पसलहरुमा छु
सबै कैफियत सोचहरु बेच्न-खरिद्न
चलिरहेछ साहुजीहरुसँग बार्गेनिङ
भ्याएसम्म पृथ्वीमाथि,
पुग्नु छ ६ लोकका पसलहरुमा
भ्याएसम्म पृथ्वी तल,
पुग्नुछ सात लोकका पसलहरुमा
र अर्थोकै-अर्थोक धेरै थोकहरु किन्नु छ
झट्टै पुगेर कैलाश पर्वतका पसल
किन्नुछ अलिकति सञ्जीवनी बुटी
दिनुछ दिवङ्गत शुक्राचार्यलाई पुनर्जन्म
ढिलोचाँडाे पुगेर विराट पुरुषका पसल
खरिद्नु छ अलिकति वर्ण उत्पत्तिको भेद
युगौंदेखि निर्धारित मूल्यमा
गराउनुछ धेर-थोर फेरबदल
उता नर्कका अतल, वितल, तलातलहरुमा
थाप्दै होलान् भयका भव्य-भव्य पसलहरु
चेङ्गिच, मुसोलिनी, इडी आमिन,हिटलरहरु
किम जोङका आणविक पसलहरु पुग्नुपूर्व
एकलट गर्नुछ त्यता पनि थोरै विन्डोसपिङ्ग
ता कि,
विश्व महामहिम झैँ थर्कमान भइरहोस्
उत्तरी अझ धेरै दक्षिणी गिद्धे नजरहरु
कतै नयाँ पसल पाई हालें भने
अलिकति आस्था अलिकति विश्वास किन्नु छ
सटही गरेर अथाह चिसा-चिसा पीडाहरु
अलिकति मित्रता, अलिकति भाइचारा किन्नु छ
सटही गरेर तमाम विभेद, विसंगतिहरु
मूर्च्छित मुहारहरुमा हाँसो-खुशी किन्नु छ
अलिकति अपनत्व अलिकति स्वत्व किन्नु छ
हो, आज
अर्थोकै-अर्थोक धेरै थोकहरु किन्नु छ
किनमेल गर्दा गर्दै अन्त्यमा,
कुनै नयाँ पसल पाइहालें भने
प्रतिक्षाको असामयिक निधन हुनुपूर्व
होलसेलमा
सबैलाई बाँड्न पुग्ने उन्मुक्ति किन्नु छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया