स्मिथको शतकमा भारतविरुद्ध अस्ट्रेलियाकाे २४२ रनको अग्रता

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

पूर्वकप्तान स्टिभ स्मिथको शतकको सहयोगमा भारतविरुद्धको तेस्रो टेष्टको दोस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले २४२ रनको अग्रता बनाएको छ।

अस्ट्रेलियाले पहिलो इनिङ्समा ३३८ रन बनाएपछि दोस्रो दिनमै पहिलो इनिङ्स सुरु गरेको भारतले २ विकेट गुमाएर ९६ रन बनाएको हो।

स्टिभ स्मिथले शतकिय ईनिङ्स खेल्दा अस्ट्रेलियाले तीन सय भन्दा माथिको स्कोर बनाएको थियो। स्मिथले १३१ रन बनाए। स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रनमा आउट भए। 

 स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो। 

यस्तै मार्नुस लाबुसचेनले ९१ रन जोडे। शतक नजिक पुगेका लाबुसेनलले १ सय ९६ बलमा ११ चौका प्रहार गरे।

म्याथ्यु वेड १३ रनमा क्याच आउट भए। जस्प्रित बुमराहले युवा अलराउन्डर क्यामरन ग्रिनलाई शून्यमा एलबिडब्लू र कप्तान टिम पेइनलाई १ रनमा बोल्ड आउट गरे। 

रविन्द्र जडेजाले प्याट कमिन्सलाई शून्यमा बोल्ड आउट गरे। मिचेल स्टार्क ३० बलमा २ चौका र १ छक्का सहित २४ रनको योगदान दिए।

ओपनर डेभिड वार्नर ५ रनमा क्याच आउट भए। 

सम्रग्रमा भारतका रविन्द्र जडेजाले ४ तथा जसप्रित बुमराह र नवदीप सैनीले २(२ विकेट लिए।

भारतका चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहानले ५ रनमा अविजित छन्। ओपनर शुभमन गिलले ५० रन बनाए भने रोहित शर्माले २६ रन बनाए।

ओपनर रोहित र गिलले पहिलो विकेटका लागि २७ ओभरमा ७० रनको साझेदारी गरेका थिए। जोश हेजलवुडले रोहितलाई २६ रनमा  आउट गर्दै पहिलो विकेट लिएका थिए। रोहितले ७७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

गिललाई प्याट कमिन्सले क्यामरन ग्रिनबाट ५० रनमा क्याच आउट गराए। करिअरको दोस्रो टेष्ट खेलि रहेका गिलले आफ्नो पहिलो अर्ध शतक प्रहार गरेका थिए। गिलले १ सय १ बलमा ८ चौका प्रहार गरे।

अस्ट्रेलियाका जोस हेजलउड र प्याट कमिङ्सले १–१ विकेट लिए।

प्रकाशित मिति: : 2021-01-08 15:09:00

प्रतिकृया दिनुहोस्