बारामा हतियार र लागुऔषध गाँजासहित एकजना पक्राउ

बारामा एकजना अवैध हतियार र लागुऔषध गाँजासहित पक्राउ परेका छन्। 

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक थपलियाको कमाण्डमा अस्थायी प्रहरी पोष्ट रतनपुरबाटसमेत संयुक्त रुपमा खटेको प्रहरीको टोलीले अवैध हतियार र लागुऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका ६ बस्ने ४७ वर्षीय ईमान सिंहलाई पक्राउ गरेको प्रहरी निरीक्षक थपलियाले बताए। 

जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलाल खोलाको बगरको बाटो हुँदै लागुऔषध लिएर आउँदै गरेका ८ र १० जनाको समूहले प्रहरीको टोलीलाई देख्नेबितिकै भाग्न खोज्दा प्रहरी ५ राउण्ड गोलि फायर गरेर उनीहरु मध्येका सिंहलाई १०२ किलो गाँजा र लोड गरी राखिएको एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । 

प्रहरी निरीक्षक थपलियाका अनुसार केहि तस्कर समुहका व्यक्तिले प्रहरिलाई हेरेर भाग्न सफल भएका छन भने पक्राउ परेका सिंहसँग वयान लिने कार्य भइरहेको छ । 

उनले दिने वयानको अधार अन्य फरार भएकालाई खोजि गरी करवाही हुने थपलियाको भनाई छ । तबसम्म पक्राउ परेका सिंहमाथि हातहतियार खरखजाना र लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ।

प्रकाशित मिति: : 2021-01-10 12:19:00

प्रतिकृया दिनुहोस्