
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
राजीव घिमिरे
मान्छेले आफूलाई खूब शक्तिशाली ठान्दछ। बेला बेलामा ठूलै शक्ति प्रदर्शन गरिराख्छ, झन् ठूलो देखिन। तर मानव इतिहासमा केही यस्ता घटना घटे, जसले आफूलाई शक्तिशाली ठान्ने मान्छेको अहममा ठूलो चोट पुग्न गयो।
१ . मान्छेले आफू बस्ने पृथ्वीलाई ब्रह्माण्डको केन्द्र ठान्थ्यो। सारा तारा मण्डलले आफूलाई घुम्छ भन्ने ठूलो अहम थियो, उसलाई। कपरनिकसले त्यसो होइन भने। तारा मण्डलले हामीलाई नघुम्ने मात्र होइन, हामी आफै सूर्यलाई घुम्छौं भने। मान्छे बस्ने पृथ्वी ब्रह्माण्डको केन्द्रबाट एक्कासी हटेर सूर्यलाई परिक्रमा गर्ने एउटा सानो ग्रहमा परिणत भयो।
२. मान्छेले आफूलाई इश्वरको सन्तान ठान्थ्यो। भगवानले मान्छेलाई ठूलै उद्देश्यका साथ डिजाइन गरेका हुन् भन्ने उसको अहम थियो। तर डार्विनले भने( हामी सबैको जीवन अरू प्राणी जस्तै एक कोषबाट सुरु भएर ‘इभोलुशनको प्रोसेस’ बाट उन्नत हुँदै आएको हो। हामी ईश्वरका सन्तान हैनौं, बाँदरका सन्तान हौं। मान्छेको जीवन एउटा दिव्य उत्पतिको अवधारणाबाट एक्कासी जैविक जीवन ‘बायोलोजिकल लाइफ’ मा परिणत भयो।
३. मान्छेले सोच्छ उ सबै भन्दा शक्तिशाली छ। उसले सबैलाई नियन्त्रणमा राख्न सक्छ। तर फ्रायडले भने– मान्छेले त आफैले आफैलाई पनि नियन्त्रणमा राख्न सक्दैन। उसको स्वयम् आफ्नो मनलाई उसैको अवचेतन मन ‘सबकन्सस माइण्ड’ ले हाँकेको हुन्छ। यसरी हाँक्ने उसको आफ्नै अवचेतन मनले के चाहन्छ। र उसबाट के गराउँछ, उसैलाई थाहा छैन। आफ्नो चेतनाको ‘स्टेरिङ’ उ आफैसँग छैन। मान्छे त आफ्नै घरको पनि मालिक होइन रहेछ।
४. मान्छेले आफूलाई ‘फुड चेन’को सबैभन्दा उच्च तहमा छु भन्ने ठान्थ्यो। सारा बोटबिरुवा, जनावर र पन्छि भगवानले उसको लागि बनाएको भन्ने ठान्छ। त्यसमाथि शासन गरेको छु भन्ने ठान्छ। तर ‘फुड चेन’ मा सबैभन्दा उच्च तहमा मकै बसेको छ रे। मान्छेले मकैको लागि जमिन सम्याउँछ, कीटनाशक औषधि हाल्छ, मल हाल्छ। मकैले आफ्नो जीवनको पुरा चक्र ‘फुड चेन’ को सबैभन्दा उच्च तहमा छु भन्ने ठान्ने मान्छेलाई दास बनाएर पुरा गरेको छ। मकैले आफूलाई चाहिने आवश्यक खाना मान्छेबाट पुर्याउँछ र संसारमा सबैभन्दा धेरै उत्पादन मकैको हुन्छ। ‘फुड चेन’ को सबैभन्दा उपल्लो तह हैन कि दासको तहमा मान्छे रहेछ।
५. मान्छेले सोच्थ्यो– हामीमा आपसमा मिलेर बस्न सक्ने समतामूलक र न्यायिक सोच छ। मान्छेले व्यक्तिगत स्वार्थ त्यागेर यस्तो समाजको निर्माण गर्नसक्छ, जहाँ सबै समान छन्। एकले अर्कोको लागि असीमित त्याग गर्न सक्छ। सामूहिक स्वार्थको परिपूर्ति गर्छ र सामूहिक प्रगति गर्छ। यही सोचअनुसार साम्यवादी दर्शनको राज्य प्रणाली ल्याए। तर, मिखायल गोर्भाचोभले सामूहिकतामा मान्छेले बन्धन महसुस गर्छ भन्ने ठाने र खुलापन चाहे, साम्यवाद असफल भयो। मान्छे आदर्श स्वार्थ लिएर सामूहिकतामा बस्न नसक्ने रहेछ। उसको लागि व्यक्तिगत प्राथमिकता नै प्रमुख रहेछ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया