सल्लाघारीमा खरानी बनेकाे यती फ्लोरिङकाे वीरगञ्जबाट पुनराेदय

शिलापत्र

काठमाडाैं

वि.सं. २०७४ साल यती कार्पेट उत्पादन गर्ने उद्योग 'यती फ्लोरिङ'का संचालक अनिल केडियाको सबैभन्दा नराम्रो वर्ष बन्न पुग्यो । बाबुबाजेले आर्जेको उद्योग निमेषभरमै खरानी बन्दाको प्रत्यक्षदर्शी बन्नुपर्‍याे केडिया ।

नेपालमा हरेक उपभोक्ताको मनमा दरिलो विश्वास जमाइसकेको यतीले पुनः ब्युँतिनै नसक्ने गरी खरानी बन्दा उनको मन पनि आगोको मुस्लोले भरिएको थियो । त्यसबखत धेरैको एउटै भनाइ सुनिन्थ्यो, ‘अब सकियो यतीको दिन, अब उठ्दैन ।’ त्यसो त केडियालाई भेटेरै अब बिजनेसको क्षेत्र नै परिवर्तन गर भन्नेहरू पनि थिए । तर, खरानी बनेको यती कार्पेट उद्योगले तीन वर्षपछि पुन: नेपाली बजारमा थप सशक्त बनेर आफ्नाे उपस्थिति जनाएकाे छ ।

दुई मिटरको साटो चार मिटर चौडाइको कार्पेट उत्पादन गर्न सकिने गरी मेसिन जडान गर्दै एक पटकमा ३ लाख मिटर कार्पेट उत्पादन गर्ने क्षमताको विकास गरेको छ । यसअघि उद्योगको १ लाख मिटर कार्पेट उत्पादन क्षमता थियो ।  यतीले उत्पादनलाई तीन गुणाले बढाएर बजारमा पुन: उभिएको हो । 

प्रकाशित मिति: : 2021-01-10 22:09:00

प्रतिकृया दिनुहोस्