ठूलो बसवालाको ‘दादागिरी’, ई–रिक्सा मारमा (भिडियाे)

सिरहाको लहानस्थित ठाँडीको रूटमा चल्ने बस ब्यवसायीको मनोमानी र ‘दादागिरी’ ले यही रूटमा चल्ने ई–रिक्सा ब्यवसायी मारमा परेका छन्।

प्रशासनको शरण पर्दासमेत न्याय नपाएपछि यस रूटका ई–रिक्सा ब्यवसायीहरू बिएल नेपाली सेवासँग गुहार माग्न आएका हुन्। 

‘स्थानीय प्रहरी प्रशासनले पनि बस ब्यवसायीलाई नै साथ दिएका छन्,’ नेपाल ई–रिक्सा ब्यवसायी तथा टेम्पो चालक संघ लहान–ठाँडी रूट ईकाइका सचिव सुरज मण्डलले भने–‘ हामीमाथि ठूलो अन्याय भएको छ। न्याय दिलाई पाउँ।’

उनका अनुसार लहान–ठाँडी रूटमा १४ वटा बस चल्छन् भने ६० बढि ई–रिक्सा चल्छन्।

बिबादको चुरो

सिरहाको नेपाल–भारत सीमामा पर्ने दोश्रो ठूलो नाका हो ठाँडी  दैनिक हजार बढि यात्रु यहि नाकाबाट नेपाल– भारत आवतजावत गर्छन् ।

ठूला बसहरूले सीमामै पार्किङ गरेर यात्रु चढाइरहँदा ई–रिक्सालाई बसपार्कभन्दा करिब पाँच सय मिटर वरै पार्किङ दिइएको छ। बसहरूले सीमाबाटै यात्रु छतमा समेत कोचीकोची लगिरहँदा ई–रिक्सा ब्यवसायी भने घाम तापेर बस्न बिबश छन्। 
 

(हेर्नुस् भिडियो)
 

किस्ता तिर्न धौधौ

ठाँडी घर भएका सुरज मण्डल वैदेशिक रोजगारबाट फर्किएपछि यतै ई–रिक्सा किनेर चलाउन थाले। 

ई–रिक्सा चलाएर ७ परिवार चलाइरहेका उनको जीवनमा कोरोनाकाल बिपद् बनेर आईपर्यो। दैव पनि कति निष्ठूरी यहीबीच दुर्घटनामा परेर उनको देब्रे खुट्टा भाँच्चियो। भएको १० धुर घडेरी बेचेर उपचार गरे , कोरोनाकालमा घरको गर्जो टारे । तर अहिले उनलाई रिक्साको किस्ता तिर्न धौधौ परेको छ।

बिएल नेपाली सेवासँग भिडियो कुराकानी गर्दै ई–रिक्सा ब्यवसायी तथा अटो चालक संघका अध्यक्ष रामटहल साहले भने, ‘बस ब्यवसायीको मनोमानीले हामीलाई किस्ता तिर्न समस्या पर्यो।

वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरूले ई–रिक्सा किनेर आफैँ चलाउँछन्। किस्ता तिरेर बचेको पैसाले घरबार चलाउँछन्। हामी बसवालाको अन्यायमा पर्यौँ। न्याय पाउँ हजुर।’ 

प्रकाशित मिति: : 2021-01-11 10:01:00

प्रतिकृया दिनुहोस्