विराट र अनुष्कालाई पुत्री लाभ

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली पिता बनेका छन्। श्रीमती अनुष्का शर्माले सोमबार मुम्बइको ब्रीच क्याण्डी अस्पतालमा छोरी जन्माएकी हुन्। 

विराटले एक ट्वीट गर्दै घरमा छोरीको आगमन भएको जानकारी दिएका छन्। अहिलेसम्म विराट र अनुष्काले आफ्नी छोरीको तस्वीर सार्वजनिक गरेका छैनन्। 

विराटले लेखेका छन् ‘हामी दुवैलाई यो कुरा बताउँदा खुसी लागिरहेको छ कि आज दिउँसो हाम्रो घरमा छोरीको आगमन भएको छ। हामी तपाईहरुको प्रेम र मंगल कामनाकोलागि हृदयदेखि आभारी छौं। अनुष्का र छोरी दुवै ठिक छन्। हामीले जीवनको यो अध्याय अनुभव गर्न पाउनु हाम्रो सौभाग्य हो। हामीलाई थाहा छ तपाईहरु यो बुझ्नुहुन्छ कि यतिबेला हामीलाई थोरै निजता चाहिन्छ।’

विराट र अनुष्काले २०२० को लकडाउनमा आफ्नो पहिलो सन्तान गर्भमा भएको बताएका थिए।

प्रकाशित मिति: : 2021-01-11 17:06:00

प्रतिकृया दिनुहोस्