कनकाई नदीमा यस वर्ष माई मेला नलाग्ने

कनकाई नदी किनारमा माघे सङ्क्रान्तिका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ।

कोरोना भाइरस सङ्क्रमणका कारण कनकाई नगरपालिकाले मेला नलगाउने सार्वजनिक सूचना जारी गरेर जनाएको हो। 

मकर नुहाउन र मेला भर्न नेपाल तथा भारतबाट लाखौँ तीर्थयात्री आउने यस ठाउँमा यो वर्ष कनकाई नगरपालिकाले मेला नलगाउने निर्णय गरेको हो।

यस वर्ष हाट बजार लगाउने, टेन्ट टाँग्ने, पिङ, सर्कस जस्ता मनोरञ्जनलगायत कुनै पनि गतिविधि नगर्न पनि सूचनामा आग्रह गरिएको छ। 

प्रकाशित मिति: : 2021-01-12 17:57:00

प्रतिकृया दिनुहोस्