जुम्लाकी लक्ष्मीकन्या बुढाकाे ‘मुक्ति अभियान’ सार्वजनिक

'कर्णालीमा महिला' भाग १ र २ की सर्जक जुम्लाकी लक्ष्मीकन्या बुढा 'मुक्ति अभियान' लिएर बजारमा आएकी छन्। 

उनकाे लेख संग्रह ‘मुक्ति अभियान’ मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमकाबीच नेकपा नेतृ पम्फा भुसालले सार्वजनिक गरेकी हुन्।  

उनी महिलामाथि हुने उत्पीडन, शोषण, दमनजस्ता विषयमा कलम चलाउँदै आएकी छिन्। 

'मुक्ति अभियान'मा उनका १४ वटा लेख संग्रहित छन्।

उनले पुस्तकमा नेपाली समाजमा महिलाहरुले भाग्नुपरेका समस्यालाई उजागार गर्ने प्रयास गरेकी छन्।

जुम्लाको गोठीचौर गाउँपालिकामा जन्मिएकी ३२ वर्षीय उनी १३ वर्षको उमेरदेखि माओवादी आन्दोलनमा सक्रिय छिन्।

प्रकाशित मिति: : 2021-01-12 21:30:00

प्रतिकृया दिनुहोस्