जर्मनीको दोयचे बैंकले गर्‍याे ट्रम्प र उनको कम्पनीसँग व्यापारिक सम्बन्ध अन्त्य

बिएल संवाददाता

न्युयाेर्क

जर्मनीको दोयचे बैंकले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कम्पनीसँग व्यापारिक सम्बन्ध अन्त्य भएको घोषणा गरेको छ।

 दोयचे बैंकले आधिकारिक रूपमा कुनै बयान जारी गरिनसकेको भए पनि रिपोर्ट भन्छन– बैकले अबदेखि उनीसँग कुनै कारोबार गर्ने छैन।

दोयचे बैंक ट्रम्पको कम्पनीका लागि ऋण लिने ठूलो स्रोत हो। तसर्थ उनीसँग कारोबार बन्द गर्ने बैंकको निर्णयले ट्रम्पको व्यापारमा ठूलो धक्का लाग्ने सम्भावना छ।

ट्विटरदेखि प्रोफेसनल गल्फर्स एसोसिएनसम्मले उनीसँग सम्बन्ध तोडिसकेका छन्। जुन कम्पनीले ट्रम्प ब्रान्ड बनाउन ठूलो भूमिका खेलेका थिए।

९० को दशकमा जब ट्रम्प आर्थिक रूपमा टाट पल्टिन लागेका थिए, तब दोयचे बैंकले उनलाई कर्जा दिएर मद्दत गरेको थियो। जुन बैंकलाई ट्रम्पले केही वर्षभित्र ३४ करोड डलर ऋण तिर्नुपर्नेछ।

अर्काे एक बैंक सिग्नेचर बैंकले पनि ट्रम्प समूहका दुई निजी खाता बन्द गर्ने बताएको छ।

प्रकाशित मिति: : 2021-01-13 08:54:00

प्रतिकृया दिनुहोस्