अदालतलाई धम्क्याउने प्रवृत्ति गलत : देउवा

तारा, पुस २९ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन वा पुनस्र्थापना जे भए पनि अदालतको निर्णयको पर्खाइमा काँग्रेस रहेको बताउनुभएको छ । सडकमा आन्दोलन गरेर र धम्क्याएर आफ्नो पक्षमा फैसला गर्न लगाउने प्रवृत्ति गलत रहेको स्पष्ट गर्दै उहाँले अदालतको फैसला काँग्रेसलाई मान्य भएको बताउनुभयो ।
काँग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे–३ मा आयोजित प्रथम कोमलमाया–खडक बस्नेत स्मृति फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्नुहुँदै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भए पनि अदालतबाट आउने फैसला मान्न काँग्रेस तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति: : 2021-01-13 09:25:00

प्रतिकृया दिनुहोस्