भारतबाट बर्डफ्लु नेपालमा भित्र्न नदिन सिमानाकामा कडाई

भारतमा आक्रान्त बनेका बर्डफ्लुलाई नेपालमा भित्र्न नदिन सिमानाकामा कडाई गरिएको छ । 

भारतको १० भन्दा बढी राज्यमा बर्डफ्लु देखा परेपछि सिमानाकामा कडाई गर्नको लागी निर्देशन दिएको हो । 

भारतबाट आयातित कुखुरा र अण्डामा रोक लगाइएपछि कुखुराको मासु र अण्डाको मुल्यवृद्धि भएपछी चोरी पैठारीको माध्यमले बर्डफ्लुसहितको कुखुरा भित्र्न सक्ने भएकाले सिमानाकामा कडाई गरिएको हो।

पशु क्वारेन्टाइन पर्साले भारतबाट आएको खुकुरा र अण्डाको देख्ने बितिकै नष्ट गरिदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । पशु क्वारेन्टाइन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, र सशस्त्र प्रहरी बल १३ नं गनबाट संयुक्त रुपमा आज सिमावर्ती बजारको अनुगमन गरेको हो । 

अनुगमनको क्रममा छिपरमाई गाउँपालिकाको भिस्वा बाजार र जगरनाथपुर गाउँपालिकाको जानकी टोला बजारमा भारतीय अन्डा छ्यापछुपे रुपमा बिक्री बितरण हुँदै आएको देखिएको हो । 

त्यसैले पशु क्वारेन्टाइन पर्साले भारतबाट बर्डफ्लू नेपाल भित्रन नदिन उच्च सतकर्ताको लागि तयारी थालेको छ । नेपालमा बर्डफ्लु संक्रमण भित्रिन नदिइन कृषि तथा पशुपन्छि विकास मन्त्रालयले पशुसेवा विभागलाई बिहिरबाट आयात हुने पशुपन्छि तत्काल नेपाल भित्रिन नदिन निर्देशन दिएपछी पर्सामा पनि कडाई गरिएको पशु क्वारेन्टाइन पर्साका प्रमुख डा।हरेराम यादवले बताए  ।  

कृषि तथा पशुपन्छि विकास मन्त्रालय अन्तरगतको पशुसेवा विभाग लगायत सबै सम्बन्धित निकायलाई भारत लगायतका सिमानाकाबाट आयात हुने पशुपन्छि तत्काल रोक्न मन्त्रालयले निर्देशन दिएको हो ।

यसै अनुरूप आज पशु क्वारेन्टाइन कार्यालय पर्सा का प्रमुख डा हरेराम यादवको नित्रितोमा सिमावर्ती बजार सबैठवा, भिस्वा दशौता, जानकी टोला लगायतको ठाउमा अनुगमन गरिएको हो । 

अनुगमनको क्रममा टोलिले ३५ क्रेट अण्डा र केही कुखुरा नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिएको अण्डा र कुखुरालाई सशस्त्र प्रहरी बल भिखमपूरमा नष्ट गरेको प्रमुख यादवले जानकारी दिए ।

प्रकाशित मिति: : 2021-01-13 11:51:00

प्रतिकृया दिनुहोस्