प्रतिनिधिसभा विघटनविरुद्ध माघ २ गते नेविसंघले ७७ जिल्लामा दौड जुलुस गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दौड जुलुस गर्ने भएको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बुधबार जिल्ला समितिहरूलाई परिपत्र गर्दै दौड जुलुस, सिठ्ठी जुलुसलगायत विरोध कार्यक्रम गर्न निर्देशन दिएका छन्।

माघ २ गते नेविसंघले ७७ जिल्लामा दौड जुलुस गर्ने जनाइएकाे छ। यस्तै माघ ७ गते सिठ्ठी जुलुस गर्ने नेविसंघले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-01-13 13:35:00

प्रतिकृया दिनुहोस्