केपी ओली त ‘कमेडी शाे’ चलाउने ‘जोकर’ रहेछन्– प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली ‘जोकर’ भएको टिप्पणी गरेका छन्। उनले समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको समेत बताए। 

बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले राजनीतिक जोकरपन देखाउनुभयो। जोकरका पछाडि कोही पनि लाग्दैनन्,’ प्रचण्डले भने, ‘साथीहरू त पोलिटिकल जोकरजस्तो लाग्छ।’

उनले आफूहरु कमेडी र प्रहसन गर्दै नहिँडेको पनि बताए। 

‘हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न उपस्थित भएका हैनौं, हामी  यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, प्रचण्डले भने, ‘हामी राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपायबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ।’

उनले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने चेतावनीसमेत दिए।  प्रचण्डले भने,‘निर्वाचन आयोग र सर्बोच्च अदालतले विश्वास दिलाएको छ । सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ । यदि भएन भने यहाँ ‘कयामत’ आउछ, यो देशमा आँधिहुरी बतास आउछ।’ 

उनले केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर नबस्ने समेत टिप्पणी समेत गरे। 

‘दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेको छ। फेरि यो क्रम दोहोरिए जनता हेरेर बस्दैनन्,’ उनले चेतावनी दिए। 

प्रकाशित मिति: : 2021-01-13 15:17:00

प्रतिकृया दिनुहोस्