माधव नेपाल पार्टीकाे पहिलाे अध्यक्ष हो, म माधवजीसँग मिसिएको हुँ : प्रचण्ड (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपाल आफ्नो पार्टीको पहिलो अध्यक्ष रहेको बताएका छन्। 

बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपाल आफूसँग नभई आफू नेपालको पक्षमा गएको समेत बताए।

‘केपी ओलीले बाहिर भाषणमा माधव नेपाल प्रचण्डसँग गए। उनी प्रचण्डका दोस्रो अध्यक्ष हुन् भन्दै भ्रम छर्दै हुनुहुन्छ। तर तपाईहरु भ्रममा नपर्नूस् म माधवजीसँग आएको हुँ र उहाँ पहिलो अध्यक्ष हो,’ उनले भने।  उनले ओलीलाई नै भगौडा भएको समेत बताए।

‘उहाँले हामीलाई भगौडा भन्नुभएछ। सुन्नु पनि के कान छुन्नु। आँखा पनि के छोप्नु ३० प्रतिशत पनि नभएको रैनाथे? ७० प्रतिशत हुने भगौडा?  पार्टीलाई लात हान्ने चाहिँ भगौडा नहुने। मानिसमा लाज हुनुपर्छ, घिन हुनुपर्छ। तर उहाँमा लाज र घिन छैन,’ उनले भने।

प्रचण्डले ओलीलाई राम्रोसँग ऐना हेर्न पनि सुझाव दिएका छन्।उनलेले आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको पनि बताएका छन्।

प्रचण्डले हतरपतर पार्टी एकता गरिएकाले फुट आएको हो कि भन्ने शंका नगर्न समेत आग्रह गरे।

‘पार्टी एकता गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाएका थियौं। तर अहिले कतिपय नेताहरु पोलिटिकल जोक्कर जसरी प्रस्तुत हुन थालेका छन्। विछिप्त मानसिकताको उपज हो कि भनेर किन प्रश्न नगर्ने?’ उनलर् भने। 

उनले अहिलेको समय भनेको राजनीतिक दल र जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको समेत आरोप लगाए।  

‘७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेका छन्। यसलाई  जोगाउन हामीले संघर्ष गर्नुपर्छ,’ उनले भने। 

प्रकाशित मिति: : 2021-01-13 15:32:00

प्रतिकृया दिनुहोस्