१० किलो गाँजासहित एक दम्पति पक्राउ

प्रहरीले लागुऔषध १० किलो गाँजासहित एक दम्पतिलाई सर्लाहीबाट पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यलयबाट विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरु सवार मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको हो।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह जिल्ला  प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुँवरले बताए। 

उनका अनुसार ज ११ प ७९७१ नम्बरको मोटरसाइकलमा सवार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका वडा नम्बर १३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको हो। 

उनीहरु विरुद्ध थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताए ।

प्रकाशित मिति: : 2021-01-13 17:37:00

प्रतिकृया दिनुहोस्