ब्रेकअप स्टोरी

सुशान्त सिंह राजपूतलाई सम्झिएर रूने गर्छिन्, अंकिता लाेखण्डे

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

‘हामी एकपटक बाँच्छौं, एकटक मर्छौं। शादी पनि एकपट हुन्छ र प्रेम पनि एकैपटक हुन्छ’ बलिउड फिल्म ‘कुछ–कुछ होता है’ को यो ‘डायलग’ ठ्याक्कै मिल्छ, अभिनेता सुशान्त सिहं राजपूत र अभिनेत्री अंकिता लोखण्डेको प्रेम सम्बन्ध। 


भलै, सुशान्त आज यो संसारमा छैनन्। तर उनको याद यहीँ संसारमा छ। बलिउड इन्डस्ट्रीका कलाकार र टिभीका परिचित कलाकारहरू निराश भएका थिए, जब उनले यो संसारबाट बिदा लिए। त्यही हालतमा थिइन्, उनकी पूर्वप्रेमिका अंकिता लोखण्डे। तर ६ वर्षको प्रेम सम्बन्ध टुटेपछि पनि अंकिताको लागि सुशान्त किन त्यतिधेरै खास थियो? उनीहरू कुनैबेला टीभीका चर्चित जोडी थिए। उनीहरू एकैसाथ लामो समय बिताए। जसलाई बिर्सनु जोकसैको लागि सम्भव छैन। 

सन् २००९ सालमा आएको सिरियल थियो, ‘पबित्र रिश्ता’। त्यही सिरियलको जोडी थिए, सुशान्त र अंकिता। त्यही सिरियलबाट उनीहरू दर्शकहरूको मनमा बस्न थाले। उनीहरू दर्शकहरूका लागि मात्र नभई एकअर्काेलाई पनि मनपराउन थालिसकेका थिए। तर ६ वर्षपछि उनीहरू टाढिए। तर एकअर्कोलाई आफूभन्दा धेरै प्रेम गर्ने जोडी कसरी छुट्टिए त? 

भलै, ब्रेकअपपछि अंकिताले उनीहरूबीच धेरै पटक झगडा भएपनि अन्तिम पटक ब्रेकअप भएको बताएकी थिइन्। उनीहरूका एक साथीका अनुसार अंकिताले सुंशान्तलाई धेरै शंका गर्थिन्। जसकारण उनीहरूको ब्रेकअप भयो। तर ब्रेकअपपछि उनीहरूले एकअर्कोलाई सम्झिने गर्थे। 

सन् २०१०–११ मा सुशान्तले अंकितालाई रियालिटी शो ‘झलक दिखला जा’ मा गरेका थिए। उनीहरू विवाह गर्ने योजना पनि बनाइसकेका थिए तर पूरा हुन सकेन। ६ वर्षपछि उनीहरूको ब्रेकअप भयो। भलै, अहिले सुशान्त यो दुनियाँ छैनन् र अंकिताले विवाह गरिसकेकी छिन् तर अहिले पनि अंकिता सुशान्तलाई सम्झिन्छिन्, उनको यादमा रुने गर्छिन्। एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2023-09-01 19:40:00

प्रतिकृया दिनुहोस्