नेपालगञ्जमा राष्ट्रिय अनुसन्धानका सिपाहीको हत्या

बाँकेमा राष्ट्रिय अनुसन्धानका एक सिपाहीको हत्या भएको छ। बिहिबारदेखि परिवार र कार्यालयको सम्पर्कमा नरहेका प्रविन थापामगरको हत्या भएको हो। 

उनको शव जिल्ला सदरमुकाम नेपालगञ्जको कारकादोस्थित एक खेतमा फेला परेको प्रहरीले जनाएको छ। 

उनी राष्ट्रिय अनुसन्धानमा सहायक सुचक पदमा कार्यकरत थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काका अनुसार मृतक थापाको टाउकोमा गहिरो चोट छ। 

उनको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुन सक्ने उनले बताए। 
खड्काले बिहीबार साँझ घर परिवारले खोजीको लागि प्रहरीमा जानकारी गराए लगत्तै खोजी कार्य गरिएको थियो। 

 ‘हिजो साँझदेखि खोजी कार्य जारी थियो। प्रहरीले विहान मात्रै मृत अवस्थामा फेला पारेको हो। घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ। टाउकोमा चोट छ,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने

घटना बारे थपअनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-15 15:11:00

प्रतिकृया दिनुहोस्